बाना द्वारा सम्मान

इनेप्लिज २०७१ माघ ५ गते ३:११ मा प्रकाशित

DSC05353

वाशिंगटन डिसी

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले एक समारोहको आयोजना गरि आफ्ना सहयोगीहरुलाई प्रसंशा पत्र द्वारा सम्मान गरेको छ l

अमेरिकाको लागी कार्यबाहक नेपाली राजदुत ऋषीराम घिमिरे प्रमुख अतिथी र नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महत बिशिस्ट अतिथी रहेको उक्त समारोहमा अमेरिका भ्रमणमा रहेका सम्बाद नेपालका अध्यक्ष निलकन्ठ शर्मा पनी बिशेष अतिथीको रुपमा कार्यक्रममा सहभागी थिए l

महा बाणिज्यदुत प्रेमराजा महत र कार्यबाहक नेपाली राजदुत ऋषीराम घिमिरेले प्रसंशापत्र प्रदान गर्नु भएको थियो l दुई बर्षे कार्यकाल भएको बानाको कार्यसमितीमा दुई कार्यकाल अध्यक्षमा निर्वाचित भएका बिजय श्रेष्ठले आफ्नो कुल ४ बर्षको कार्यकालमा बानालाई सहयोग गरेका नेपाली ब्यबसायहरु ,प्रायोजनकर्ता ,स्वयम् सेवक ,कलाकारहरु, खेलाडीहरु र संचारकर्मी सबैलाई धन्यबाद दिएका थिए l

नेपाली कांग्रेसका युबा नेता जनसम्पर्क समिती, बाल्टिमोरका अध्यक्ष राज सेन्चुरीले कार्यक्रममा अतिथीको मन्तब्य राख्दै अमेरिकामा नेपालीहरुलाई छालाको आधारमा गोराले हेपने गरेको सत्य तथ्य ऊदाहरण सुनाउदै सकुशल ४ बर्षे कार्यकाल पुरा गरेको अध्यक्ष बिजय श्रेष्ठको समिति लाई बधाई दिएका थिए l

प्रमुख अतिथी ऋषीराम घिमिरे, बिशिस्ट अतिथी प्रेमराजा महत, अतिथी निलकण्ठ शर्मा,प्रबाशी नेपाली मंच, महासचिब प्रभु थापा प्रबाशी नेपाली मंच, बाल्टिमोरका नवनिर्बाचित अध्यक्ष श्री युद्ध बहादुर पन्त, एच बि भण्डारी, गोबिन्द गिरी प्रेरणा, रबि लामिछानेले बधाई मन्तब्य दिएका थिए l

ऊक्त समारोहमा बानाकी ऊपाध्यक्ष कलाकार अनु वन्तले स्वागत भाषण गरेकी थिईन l कार्यक्रमको अन्त्यमा नासोका अध्यक्ष म्याग्दी पुलाचौरका गोपाल विश्व कर्माले उपस्थित सबैलाई दिवा भोजको प्रायोजन गरि निशुल्क भोजन गराई दिएका थिए l

बानाका संस्थापक अध्यक्ष मोहन थापा (म्याग्दी ताकम धारापानी), निबर्तमान अध्यक्ष रबिना थापा (म्याग्दी मरांगखोला), भू पु अध्यक्ष कृष घिमिरे (म्याग्दी ज्यामरुक),संस्थापक सदस्य गणेश मलेखु लगायत संघसंस्थाका पदाधिकारीहरु उपस्थित उक्त समारोहमा अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोसाईटी वाशिंगटन डिसीका पुर्ब अध्यक्ष खेम भट्टचन कार्यक्रममा सहभागी थिए l नेपाली चलचित्रकी द्वय नायिकाहरु ऋचा घिमिरे र उषा पौडेल पनी कार्यक्रममा उपस्थित थिए l

DSC05276

DSC05304

DSC05380

DSC05376

DSC05388

DSC05350

DSC05389

प्रतिक्रिया