क्यानाडामा राजदुत पोखरेललाई नेपाली समुदाय द्वारा स्वागत

इनेप्लिज २०७१ माघ ४ गते २३:२६ मा प्रकाशित

kali prasad pokhrel

माघ ४ ,डिसी

नेपाल सरकारको तर्फबाट क्यानाडाका लागि नियुक्त हुनु भएका राजदुत काली प्रसाद पोखरेललाई ओटावामा रहेका विभिन्न संघ तथा संस्थाले स्वागत गरेका छन् l

उक्त स्वागत कार्यक्रममा एन आर एन क्यानाडा ,नेपलिज क्यानाडिएन एसोसिएसन अफ ओटावा ,क्यानाडा फाउन्डेसन फर नेपाल , रोधी ब्लुस ,अनेसास ओटावा शाखा ,क्यानाडा तथा ओटावा वुमेन्स नेटवर्कले सयुक्त रुपमा दुतावास पुगी परिचयात्मक कार्यक्रम गर्दै संगठनले समुदायमा गरेका उपलब्धि बारेमा छोटकरीमा जानकारी महामहिम राजदुतलाई गराईएको एनआरएन क्यानाडाकि सल्लाहकार राधा बस्नेतले जानकारी गराउनु भएको छ l

र, राजदुत पोखरेलले उपस्थित नेपाली समुदायको प्रसंशा गर्दै आफ्नो परिचय दिदै अनुभव बारेमा छोटो जानकारी गराउनु भएको थियो l सन् २०१५ मा नेपाल र क्यानाडाको सम्बन्ध ५० औ बर्षमा पुगेको चर्चा गर्नु भएको थियो l यसको साथै क्यानाडाका सभासद दिपक ओबराय नेपालको तिन दिने भ्रमण गरि सकेको चर्चा राजदुतले अवगत गराउनु भएको थियो l

क्यानाडा र नेपाल बिच राम्रो सम्बन्ध स्थापना गर्न दुताबास तथा नेपाली समुदाय हाते मालो गर्दै अझ सम्बन्ध बढाउन कोसिस गर्नु पर्ने जोड राजदुत काली प्रसाद पोखरेलले दिनु भयो l

प्रतिक्रिया