शुक्रबार, कार्तिक १४ २०७७
काठमाडौं २२:५३
वासिङटन डिसी 13:08

स्व.विष्णुहरि भण्डारीको अन्तिम श्रद्धाञ्जली कार्यक्रम तालिका (फ्युनेरल) ।

इनेप्लिज २०७१ माघ ४ गते २१:१० मा प्रकाशित

bj 1

हाम्रा परममित्र स्व.विष्णुहरि भण्डारीको सद्गति सम्बन्धि कार्यक्रमको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । करीब ४ दिनसम्म स्व.भण्डारीको विभिन्न प्रक्रियाहरु पूरा गरी भोलि जनवरी १९ तारिक, २०१५ का दिन अपरान्ह ठीक १ बजेदेखि १ः२० सम्म २० मिनेटका लागि अन्तिम मृत्यु संस्कार एवम् अन्तिम श्रद्धाञ्जलीका लागि समय मिलेकोले सोही अनुसार कार्यक्रम तय गरिएको छ ।

स्व.भण्डारीको अन्तिम संस्कार एवम् विभिन्न महानुभावहरुद्वारा अन्तिम दर्शन एकैपटक हुने भएकोले समयको निकै अभाव हुने छ । उक्त अवधिमा ३० जना व्यक्तिहरुले मात्र भित्र पस्न अनुमति पाउने हुँदा उपस्थित हुनुहुने सम्पूर्ण बाँकी शुभचिन्तक मलामी महानुभावहरुले ढोका बाहिरबाटै अन्तिम विदाइ गर्नुहुनेछ भन्ने कुराको जानकारी गराउन चाहन्छौं ।

सम्पूर्ण महानुभावहरुलाई समय मिलाएर उपस्थितिका लागि अनुरोध गर्दुछौं ।

 

morningstararrangement

कार्यक्रम
मितिः जनवरी १९, २०१५
स्थानः 5517 Vine St, Alexandria, VA 22310
समयः अपराह्न्न १ बजेदेखि १ः२० सम्म ।

सम्पर्कः
जनक अधिकारी, फोनः ५७१ २७७ ११८६
शंकर पाण्डे, फोनः २०२ ५३१ ३२५५

प्रतिक्रिया