साउदीबाट नेपाली युवाको चित्कार : म मरभूमिमै मर्ने भएँ, घर झिकाइदेउ
साउदीबाट नेपाली युवाको रोदन : म मरभूमिमै मर्ने भएँ, घर झिकाइदेउ म पैसा कमाउन भनेर चारमहिना अगाडी साउदी अरब आएको हुँ । यहाँ आएको तीन चार दिनमै स्वास्थ्यमा समस्या देखियो । मेरो पिसावबाट रगत बग्ने समस्या छ । धेरैपटक अस्पतालमा गएर उपचार गराउँदा पनि ठिक भएन । म एकदम कमजोर भएको छु । बिरामी परेर काम गर्न नसक्ने भएपछि म घर फर्किन्छु भन्दा कम्पनीले १२ हजार रियाल तिरेर जा भन्छ । नेपालमा मेनपावरलाई फोन गर्दा एजेण्टलाई गर भन्छ । एजेण्टलाई फोन गर्दा उसले राम्रोसँग कुरा नै गर्दैन । फोन नै उठाउँदैन । काम गर्न नसकेपछि म नेपाल फर्किन खोजेको हुँ । काम गरेर कमाउन भनेर आएको मान्छे म त्यसै रहरले फर्किन खोजेको त होइन । तर कम्पनी, मेनपावर, एजेण्ट सवै मैले रहरले नेपाल फर्किन खोजेको जस्तै व्यवहार गर्छन् ।
म ६० हजार तिरेर आएको हुँ । तर यहाँ आएपछि थाहा भयो भिसा र टिकट फ्रि रहेछ । अहिले म साह्रै अप्ठ्यारोमा परेको छु तर वास्तै गर्दैन । म साउण्ड लाइन मेनपावर कम्पनी मार्फत आएको हुँ । म आएको कम्पनीको नाम एक्सप्रेस फुड अलवाक कम्पनी हो । म अहिले काम गर्नै नसक्ने अवस्थामा छु । तर कम्पनीले तँ काम गर्न सक्छस् । त्यसैले अवको एक हप्ता भित्रमा काम गर्न थालिनस् भनें तलाई प्रहरी लगाएर पक्राएर थुनाउँछु भन्ने धम्की दिइरहेको छ । म राम्रोसँग हिंड्न समेत नसक्ने अवस्थामा छु, कसरी काम गर्न सक्छु र ? यहाँ आएको तीन महिनासम्ममा मैले १० दिन पनि राम्रोसँग काम गर्न सकिन । कम्पनीले एकपटक तलव दियो, त्यसपछि खाली हात छु ।
त्यसैले अहिले मसँग खाना खाने पैसा समेत छैन । साथिहरुले खुवाइरहेका छन् अहिले सम्म त । साथिले पनि सधैं सहयोग गर्न सक्ने अवस्था त हुन्न । म काम गर्न पनि नसक्ने, नेपाल फर्किन पनि नपाउने अवस्था भयो । म यसै मर्ने भएँ । मलाई जसरी पनि नेपाल झिकाइदिनुहोस् ।समस्यामा परेपछि म एक पटक सहयोग माग्न नेपाली दुतावास पनि गएँ । त्यहाँबाट मेनपावर कम्पनीमा फोन पनि गर्नुभएको थियो । त्यसरी म दुतावास गएको कुरा मेनपावरले कम्पनीमा खवर गरेछ । त्यसपछि कम्पनीले मलाई काममा नगए प्रहरी लगाउने धम्की दिन थाल्यो । मलाई जसरी पनि यो खाडलबाट निकालि दिनुहोस् । म गरिवको छोरो यो मरभूमिमा मर्ने अवस्था आइसक्यो ।
रामकुमार रिमाल, जेद्धा (हाल साउदी अरबको जेद्धामा रहेका रिमालले देश परदेशलाई पठाएको सन्देश । –
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
प्रतिक्रिया