ठक्कर दिई फरार भएका बस चालक राजवंशी पक्राउ
भद्रपुर, ४ माघ । दुईजनाको ज्यान जानेगरी पछाडिबाट ठक्कर दिई फरार भएका बस चालक भीमबहादुर राजवंशी आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विर्तामोडबाट झापाको बनियानीतर्फ आइरहेको मे १ ख ४२३ नं को यात्रुबाहक बसले भद्रपुर नगरपालिकाको भानुचोक स्थित को ४ प ४०८० नं को मोटरसाइकललाई हिजो दिउँसो ठक्कर दिएको थियो ।
ठक्करले मोटरसाइकलको पछाडि बसेका बनियानी–६ निवासी ४२ वर्षीय जय कटेलको घटनास्थलमै र घाइते भई उपचारका लागि भारत सिलिगुडी लगिएका मोटरसाइकल चालक ५२ वर्षीय गोपाल मण्डलको गएराति २ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनामा स्थानीय ७० वर्षीया वृद्धा सुमित्रा राई सामान्य घाइते हुनुभएको थियो ।
सोही विषयलाई लिएर मृतकका समर्थकले आज दिउँसो चन्द्रगढी बजार र यातायात ठप्प पारेका थिए ।
दोषीलाई कारबाही हुनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने बन्दकर्ताले माग राखेका छन् ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया