ल्होसारलाई महोत्सवका रुपमा मनाउन माग
काठमाडौँ, ४ माघ । ल्हुक ल्होसार २८५१ बृहत् मूल समारोह समितिले राज्यले नै सोनाम ल्होसार महोत्सव मनाउनुपर्नेमा जोड दिएको छ ।
विश्वको सबैभन्दा पुरानो सभ्यता भएको सोनाम ल्होसार तामाङ जातिमा मात्र सीमित नरहेको र यो राष्ट्रको गौरवमय संस्कृति र सभ्यतासँग जोडिएको पर्व भएको तर्क समितिको छ ।
ल्हुक सोनाम ल्होछारको अर्थ भेँडा नयाँ वर्ष हो । नेपालसहित विश्वका विभिन्न भागमा मनाइने यो पर्व चीनमा चिनियाँहरुले वसन्त पर्वका रुपमा मनाउने गर्छन् ।
नेपाल तामाङ घेदुङको संयोजकत्वमा १२२ सङ्घसंस्थाको सहभागिता भएको ल्हुक ग्यु सोनाम ल्होसार २८५१ बृहत् मूल समारोह समिति गठन भइसकेको छ र समितिले माघ ६, ७ र ८ गते म्याराथन, सांस्कृतिक र्याली, ल्होसार साँझ तथा पूजापाठ गरी मनाउने घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा विश्व आदिवासी जनजाति महासङ्घ अन्तराट्रिय कमिटीका उपाध्यक्ष परशुराम तामाङले पहिचानको आधारमा सङ्घीयता निर्माण गर्नुपर्नेमा जोड दिँदै पहिचान नभएको संविधान बन्नै नसक्ने बताउनुभयो ।
मूल संयोजन समितिका सदस्य सचिव कुमार ब्लोनले हिन्दू धर्मसहित सबै जनजातिलाई बराबरी व्यवहार गर्ने राष्ट्रिय नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया