शीर्षनेताको बैठक सुरु
काठमाडौँ, ४ माघ । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका शीर्षनेताबीचको बैठक संविधानसभा भवन बानेश्वरमा केही बेरअघि सुरु भएको छ ।
नयाँ संविधानका अन्तर्वस्तुमा देखिएको विवादलाई वार्ता र छलफलका आधारमा सहमतिमा रुपान्तरण गर्ने प्रयासमा शीर्षनेता क्रियाशील छन् । पछिल्लो समय संविधानका विवादित विषयलाई सहमतिमा परिणत गर्न साझाबिन्दु पहिल्याउन प्रमुख दलको बैठकले निरन्तरता पाउँदै आएको छ । दलबीच खासगरी सङ्घीयता, शासकीयस्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा गम्भीर मतभेद छ ।
पछिल्लो समय ती विवादलाई टुङ्ग्याउने विषयमा सहमति कि प्रक्रिया भन्नेमा दलहरु विभाजित देखिएका छन् । सत्तापक्ष लामो समयदेखि जति नै प्रयास गरे पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाद्वारा विवादको छिनोफानो गर्नुपर्छ भन्नेमा उभिएको छ । प्रतिपक्ष भने सहमतिको विकल्प नरहेको तर्क गर्दै आएको छ । बैठकमा प्रधानमन्त्री, संविधानसभाका अध्यक्षका साथै प्रमुख तीन दल र मोर्चाका शीर्षनेता सहभागी हुनुहुन्छ ।
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या
प्रतिक्रिया