गोताखोर परिचालन
धुन्चे (रसुवा), ४ माघ । त्रिशूली नदीमा बिहीबारदेखि हराइरहेका वातावरणविद् रामकुमार शर्माको खोजीमा थप मद्दत पुर्याउन शनिबार अपराह्नदेखि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल रसुवाका प्रमुख जीवन केसीका अनुसार यही माघ १गते हाकु गाविस–३ हाकुबेसी झोलुङ्गेपुल नजिकबाट नदीमा परेका काठमाडौँ कोटेश्वर निवासी ६१ वर्षीय शर्माको खोजीमा थप मद्दत पुर्याउन धादिङ कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् उद्धार केन्द्रबाट बन्दोबस्तीका सामानसहित ११ गोताखोर रसुवाको आधार इलाकामा पर्ने त्रिशूली नदीमा परिचालन गरिएको बताइएको छ । गोताखोरको परिचालन यस क्षेत्रमा पहिलो भएको स्थानीयवासीले बताए ।
उद्धारमा जिल्लास्तरबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना भएलगत्तै अहोरात्र तल्लीन रहेको प्रजिअ उद्धवप्रसाद भट्टराईले बताउनुभयो । नेपाल वाटर एनर्जी डेभलपमेन्ट प्रालिमार्फत निर्माण हुने २१६ मेगावाट विद्युत् आयोजनाको सामाजिक अध्ययन गर्न राष्ट्रिय योजना आयोगका शर्मासहितको विज्ञ टोली गते पुस २८ गते हाकु गएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया