तेस्रो रनिङ सिल्ड एवम् सबै उपाधि श्रीभक्त ब्याडमिन्टन क्लबले जित्यो
भक्तपुर, ३ माघ । भक्तपुरमा आयोजित भक्तपुर जिल्लाव्यापी तेस्रो रनिङ सिल्ड ब्याडिमिन्टन प्रतियोगिता २०७१ रनिङ सिल्ड एवम् सम्पूर्ण उपाधि श्रीभक्त ब्याडमिन्टन क्लबले जितेको छ ।
व्यासी ब्याडमिन्टन क्लबले आयोजना गरेको स्व शिवभक्त स्मृति कप भक्तपुर जिल्लाव्यापी तेस्रो रनिङ सिल्ड ब्याडिमिन्टन प्रतियोगिताको आज सम्पन्न फाइनल खेलको दुईवटै खेलमा जित हासिल गरेर श्रीभक्त ब्याडमिन्टन क्लबले रनिङ सिल्ड तथा उपाधि आफ्नो हातमा पारेको हो ।
आज सम्पन्न टिम इभेन्टसको फाइनल खेलमा श्रीभक्त ब्याडमिन्टन क्लबले उत्कृष्ट सुरुवात गर्दै भक्तपुर ब्याडमिन्टन क्लबलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि माथि पहिलो पटक कब्जा जमायो । टिम इभेन्ट्सतर्फ नै व्यासी ब्याडमिन्टन क्लब र स्विट सङ्गम क्लबले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी आजै भएको भेट्रान्स डवलको फाइनल खेलमा पनि श्रीभक्त ब्याडमिन्टन क्लबका नरेश ताम्राकार र सानबाबु मर्हजनको जोडीले आफ्नै क्लबका कपिल शिल्पकार र मदन गुरुङको जोडीलाई २–० सेटमा पराजित गरी उपाधि हात पारेका छन् ।
भेट्रान्स डवलमा श्रीभक्त ब्याडमिन्टन क्लबकै शुभाष कमाचार्य र दत्तात्रय दाहालको जोडी र पवित्र हलेसीका नारायणप्रसाद चौहान र तीर्थ धितालको जोडी संयुक्त रुपमा तेस्रो हुन सफल भएका छन् ।
त्यस्तै माध्यमिक विद्यालयस्तरीय १६ वर्षमुनि ब्बाइज सिङ्गलमा प्रभात उमाविका रविन प्रथम र प्रभातकै ब्रिजन वासुकलाले दोस्रो स्थान हासिल गरेको छन् । हिमालयनका रकि गारु र विकेश भैल भने संयुक्तरुपमा तेस्रो भएका छन् ।
लेडिज सिङ्गलतर्फ हिमालयन ग्लोरीका सफि खत्री र रमा माता क्रमशः प्रथम र दोस्रो भए भने लेडिज सिङ्गलतर्फ सुप्रिमका लीला सिपाईं र प्राइमका शुभेच्छा श्रेष्ठले संयुक्तरुपमा तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विजयी खेलाडीलाई नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले रनिङ सिल्ड, ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु सात हजार र तृतीय हुनेलाई रु चार हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया