काठसहित तस्कर पक्राउ
इनेप्लिज
२०७१ माघ ३ गते १४:३६ मा प्रकाशित
गौशाला, ३ माघ । प्रहरीले जिल्लाको लोहारपट्टीबाट आज तीन जना काठ तस्करलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही गाविस–३ का निरञ्जन यादव, ईन्दल मण्डल र खुट्टापिपाढी–८ का विकास यादव रहेको इलाका प्रहरी कार्यालय लोहारपट्टीले जनाएको छ । इप्रका लोहारपट्टीबाट खटिएको गस्ती टोलीले ज१त ६१७२ नम्बरको ट्रयाक्टरमा साखुको ढोका, चौकस १० थान, झ्याल नौ थान, चौकस कडी १२ थान लगिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
उनीहरुले साखुको काठ चोरी गरी सो सामान बनाएको र वनको इजाजत नलिइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो काठको बजार मूल्य रु पाँच लाख रहेको बताइएको छ ।
पक्राउ गरिएको तीनै जनासहित काठ र ट्रयाक्टर आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया