संविधान निर्माणको ढिलाइबारे राष्ट्रपतिको चासो
काठमाडौँ, ३ माघ । राष्ट्रपति डा रामवरण यादवले संविधान निर्माणका क्रममा भइरहेका ढिलाइ र विवादका विषयमा चासो व्यक्त गर्दै आज प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालासहित नेपाली काँग्रेस र नेकपा ९एमाले० का शीर्ष नेतासँगको छलफलका क्रममा राष्ट्रपति डा यादवले संविधान निर्माणमा किन ढिलाइ भएको हो रु माघ ८ भित्र संविधान जारी गर्ने प्रतिबद्धताबाट दलहरू पछि हटेको हो रु भनी जिज्ञासा राख्नुभएको थियो ।
भेटमा सहभागी एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपतिले सबै पक्षलाई सहमत हुने प्रक्रियाका आधारमा संविधान निर्माण गरी जनतामा छाएको निराशालाई अन्त्य गर्न आग्रह गर्नुभएको पत्रकारहरूलाई बताउनुभयो ।
नेता खनालले सहमतिका लागि आफूहरूको पहल जारी रहेको र सहमति नभएमा विधि र पद्धतिबाट संविधान ल्याउनुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।
काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सम्भावना न्यून भएकाले अन्तरिम संविधानमा ‘अन्तरिम’ हटाएर संविधान जारी गर्न सुझाएको बताउनुभयो ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सकेसम्म सहमति र नभएमा प्रक्रियाबाट संविधान ल्याउनुपर्ने आफूहरुको धारणाबारे राष्ट्रपति डा यादवलाई अवगत गराएको जनाउनुभयो ।
काँग्रेस र एमालेसँगको भेटवार्ता सकिएपछि एमाओवादी र मेधसवादी दलका नेतासँग भेटवार्ता सुरु भएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया