अन्तरवस्तुमा सहमति जुटेन
काठमाडौँ, ३ माघ । संविधानका विवादित अन्तरवस्तुमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ ।
संविधानसभा भवन नयाँबानेश्वरमा छोटो अवधि बसेको सो बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित भएका कारण बैठक लामो समयसम्म बस्न सकेन ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले बैठकपछि सञ्चारकर्मीलाई एनेकपा माओवादीका अध्यक्ष बैठकमा अनुपस्थित भएका कारण बैठक लामा समयसम्म चल्न नसकेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले दाहालजीलाई धेरै समय कुर्यौँ, उहाँ नआउनुभएपछि हामी राष्ट्रपति कहाँ जान हिड्यौँ । ”
राष्ट्रपति डा रामवरण यादवले संविधान लेखनका बारेमा भइरहेका प्रयासका बारेमा नेका, नेकपा ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एनेकपा ९माओवादी० लगायत मधेसवादी दलका शीर्ष नेतासँग आजै परामर्श गर्ने कार्यक्रम रहेको छ ।
संविधानका मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बारेमा सहमति खोज्न भन्दै तीन दलको बैठक अपराह्नका लागि तय भएको थियो । बैठकमा एनेकपा ९माओवादी०का नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित हुनुभएको ।
बैठकमा नेकाका तर्फबाट सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णवहादुर खड्का, नेकपा ९एमाले०का तर्फबाट अध्यक्ष केपी ओली, उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावलको सहभागिता रहेको थियो ।
बैठकपछि एमाओवादीका नेता डा भट्टराईले बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमति जुट्न नसक्दा माघ ८ मा नयाँ संविधान जारी हुने सम्भावना न्यून हुँदै गएको छ ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया