बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १४:३५
वासिङटन डिसी 04:50

विद्यालयमा आक्रमणपछि पाकिस्तानले उन्नाइसौँ लडाकू झुण्ड्यायो

इनेप्लिज २०७१ माघ ३ गते ११:५८ मा प्रकाशित

SuicideHangingGeneric_295लाहोर, ३ माघ । पाकिस्तानमा पीडितका परिवारले माफी दिएर मृत्युदण्डको कार्यान्वयन रद्द भएका एक जातिवादी लडाकूलाई अदालतले माफी दिन अस्वीकार गर्दै मृत्युदण्डको निर्णय कायम राखेपछि शनिबार झुण्ड्याइएको जानकारी अधिकारीहरूले दिएका छन् ।

पाकिस्तानको एक विद्यालयमा गत महिना आमहत्या भएपछि त्यहाँ गत छ वर्षसम्म मृत्युदण्डको कार्यान्वयनमा लगाइएको प्रतिबन्ध हटाइएपछि मृत्युदण्ड दिइएको यी १९ औँ व्यक्ति हुन् ।

प्रतिबन्धित सुन्नी लडाकू समूह लस्कर–ए–जाङ्भीका सदस्य इक्रमुल हकलाई लाहोर नगरमा शनिबार बिहान झुण्ड्याइएको थियो ।

निजले एक सिया मुसलमानको तीन वर्ष अगाडि हत्या गरेको आरोपमा आतङ्कनियन्त्रण अदालतले सन् २००४ मा निजलाई मृत्युदण्ड दिएको थियो ।

प्रहरी, कारागारका अधिकारी तथा प्रतिरक्षा वकिल गुलाम मुस्ताफा माङनले मृत्युदण्ड कार्यान्वयन भएको पुष्टि गरे ।

जनवरी ८ मा पीडितका परिवारले निजलाई माफी दिएका थिए । यसअघि निजलाई झुड्याउने तयारी भएको थियो । पछि अदालतले उक्त सम्झौतालाई अस्वीकार गरिदियो ।

माङनले पीडितका परिवारले आफ्नो पक्षलाई माफी दिएको तर अदालतले उक्त कुरालाई अस्वीकार गरेको र आफूहरूले यस निर्णयमा पुनरावेदन दिइरहेको समयमा आफ्नो पक्षलाई झुण्ड्याइएको जानकारी दिए ।

पाकिस्तानमा हत्या गरिएका व्यक्तिका परिवारलाई रकम दिए हत्यामा पनि माफी हुनसक्छ । यसले प्रतिद्वन्द्वी लडाकू समूहले एक अर्काका दोषी हत्यारालाई यस्तै अवस्थामा माफी दिने अवस्था रहनसक्छ । रासस/एएफपी

प्रतिक्रिया