नेपालसामु युगान्डाद्वारा १४७ रनको चुनौती
काठमाडौँ, ३ माघ । आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईको पहिलो खेलमा प्रतिद्वन्द्वी युगान्डाले नेपालसामु १४७ रनको चुनौती दिएको छ ।
युगान्डाले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १४६ रनमा समेटिएको थियो । युगान्डालाई सस्तैमा समेट्न नेपालबाट कप्तान पारस खड्काले तीन, बसन्त रेग्मी र सोमपाल कामीले दुई र शक्ति गौचनले एक विकेट लिएका थिए ।
नामिबियाको विन्डोहोक मैदानमा दिउँसो १ बजेदेखि सुरु भएको खेलमा टस जितेर युगान्डाले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो ।
नेपालको डिभिजन दुईमा यो दोस्रो सहभागिता हो । केही महिनाअघि मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन तीनको उपाधि चुम्दै नेपाल विजेता बनी तथा युगान्डा उपविजेता बन्दै डिभिजन दुईमा प्रवेश गरेका थिए ।
त्यस्तै यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन तीनमा पनि नेपालले युगान्डालाई नै फाइनल खेलमा छ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । अहिलेसम्म नेपाल र युगान्डा पाँचपटक भिडेका छन् जसमा नेपालका पक्षमा तीन र युगान्डाको पक्षमा दुई खेल छ ।
प्रतियोगितामा नेपालसहित युगान्डा, नेदरल्यान्ड, आयोजक नामिबिया, केन्या र क्यानडाले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आइसिसी विश्व लिग च्याम्पियनसिप र इन्टरकन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग
प्रतिक्रिया