दूधको मूल्यमा वृद्धि
बाँके (खजुरा), ३ माघ । बाँके जिल्लामा दूधको मूल्य वृद्धि गरिएको छ ।
जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अनुसार जिल्लामा दूधको मूल्यमा प्रतिकिलो रु १० ले वृद्धि गरिएको हो ।
सङ्घका अनुसार दूधको मूल्य प्रतिकिलो रु ५२ बाट बढेर अब रु ६२ पर्ने छ । त्यस्तै राम्रो दूधको मूल्यमा भने रु आठ वृद्धि गरी ५० बाट रु ५८ बनाइएको सङ्घले जनाएको छ ।
यसअघि गत पुस २३ गते बसेको दूध व्यवसायी सङ्घको बैठकले दूध र दूधबाट तयार गरिने परिकारको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।
हाल सादा दहीको मूल्य रु ७० प्रतिकिलो रहेको छ भने रु ८० प्रतिकिलो रहेको मिठो दहीको मूल्य रु ९० निर्धारण गरिएको छ ।
यसैगरी यसअघि रु ४५० प्रतिकिलो पाइने पनिरको मूल्य अबदेखि रु ५०० मा प्राप्त गर्न सकिने छ । घ्यूको मूल्यमा प्रतिलिटर रु १०० ले वृद्धि भएको सङ्घका अध्यक्ष बदुरुद्धिन अन्सारीले जानकारी दिनुभयो ।
यसअघि रु ७०० रहेको घ्यूको मूल्य अब रु ८०० हुने भएको छ । अध्यक्ष अन्सारीले सरकारले गत पुस १६ गतेबाट नै दूधको मूल्य बढाएपछि व्यवसायीले समेत वृद्धि गर्न बाध्य भएको बताउनुभयो ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया