प्रमुख दलको बैठक, सङ्घीयतामा कुरा मिलेन
काठमाडौँ, ३ माघ । संविधान लेखनमा देखिएका विवादलाई अन्त्य गर्न आज बसेको प्रमुख राजनीतिक दलको बैठकमा सङ्घीयताको विषयमा कुरा मिल्न नसकेपछि दिउँसो २ः३० बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको उपस्थितिमा संविधानसभा भवनमा बसेको उक्त बैठकमा सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीका विषयमा छलफल केन्द्रित भएको थियो ।
बैठकमा संविधानका अन्य सबै विषयमा सहमतिको नजिक पुगेको भए पनि सङ्घको नामाङ्कन तथा सीमाङ्कनका विषयमा कुरा नमिलेपछि बैठक स्थगित गरिएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।
उहाँले विषयवस्तुमा सहमति गरेर आजै मस्यौदा समितिमा पठाउन र यदि सहमति नभएको अवस्थामा आजै प्रक्रियामा जाऔँ भनेर काँग्रेस एमालेले प्रस्ताव राखेको जानकारी दिनुभयो । उहाँले संविधान आउने सुनिश्चितता कायम गर्नुपर्नेमा आफूहरुले जोड दिएको उल्लेख गर्नु भयो ।
त्यसैगरी एमाले नेता माधवकुमार नेपालले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै सङ्घीयतामा जानुपर्नेमा काँग्रेस र एमालेले जोड दिएको जानकारी दिनुभयो । सहमतिको नाममा कति समयसम्म लम्ब्याउने भन्ने अनिश्चितता कायम हुन नहुने आफूहरुले स्पष्ट पारेको बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया