प्रमुख दल र मोर्चाबीचको बैठक
इनेप्लिज
२०७१ माघ ३ गते ३:३४ मा प्रकाशित
काठमाडौँ, ३ माघ । मधेसी मोर्चासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको छ ।
नयाँ संविधान एक वर्षभित्र जारी गर्ने भनी एक वर्षअघि जनतासँग प्रतिबद्धता जनाएका प्रमुख दल त्यो मिति नजिकिँदै गर्दा संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्ने प्रयासस्वरुप घनीभूत छलफलमा जुटेका हुन् । संविधानका प्रमुख अन्तर्वस्तुमा देखिएका विवाद सुल्झाउने क्रममा पछिल्लो समय दलहरुको बैठकले निरन्तरता पाउँदै आए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
दलबीच सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन र न्यायप्रणालीमा मतभेद रहँदै आएको छ । सो मतभेद जनतामा भन्दा राजनीतिकस्तरमा अझ बढी झाङ्गिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको उपस्थितिमा प्रमुख दलहरु ती अन्तर्वस्तुमा देखिएका विवादलाई सहमतिमा रुपान्तरण गर्न कोसिसमा छन् ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया