चेलीबेटी बेचबिखन रोक्न प्रतिबद्ध
इलाम, ३ माघ । खुला सिमानाका कारण मानव बेचबिखन बढ्दै गएको भन्दै मानव बेचबिखन नियन्त्रणका लागि नेपाल–भारतका सरकारी तथा गैरसरकारी निकायका प्रमुखले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सीमा सुरक्षा बलले शुक्रबार आयोजना गरेको मावन बेचबिखन नियन्त्रणसम्बन्धी अन्तक्र्रियाका सहभागी सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले चेलीबेटी बेचविखन जघन्य अपराध भएकाले रोक्नुपर्नेमा जोड दिनुभयो ।
एसएसबीका डेपुटी कमान्डर आशिषकुमारले चेलीबेटी बेचविखन रोक्न स्थानीय तहमा काम गर्ने सङ्घसंस्था र सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । माइती नेपाल आवधिक गृह पशुपतिनगरका संयोजक होम ढकालले दलालका लागि पशुपतिनगरको नाका सजिलो भएकाले माइती नेपालले जनचेतनासँगै नाकामा निगरानी बढाएको जानकारी दिनुभयो ।
अठासी युवती घर फिर्ता
इलामको पशुपतिनगर नाका हुँदै भारतका विभिन्न सहर जान हिँडेका ८८ युवतीलाई घर फर्काइएको छ । माइती नेपाल पशुपतिनगरले सन् २०१४मा ती युवतीलाई सीमा नाकामा रोकी घर फर्काएको हो ।
माइती नेपालले एक वर्षको अवधिमा नेपालबाट भारत प्रवेश गर्ने ६८७ युवतीलाई परामर्श सेवा प्रदान गरेको छ । माइती नेपालका अनुसार सन् २०१४ मा पशुपतिनगर आवधिक गृहमा हराएको भनेर निवेदन दिइएका ३३ युवतीमध्ये १७ जना फेला पारी आफन्तलाई जिम्मा लगाइएको छ । भेटिएकामध्ये अधिकांशलाई भारतका विभिन्न सहरबाट उद्धार गरिएको हो ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया