शनिबार, मंसिर १३ २०७७
काठमाडौं २३:००
वासिङटन डिसी 12:15

जनताले दिएको अभिभारा कुल्चेर आन्दोलनमा जानु षड्यन्त्र होः कोइराला

इनेप्लिज २०७१ माघ ३ गते १:४१ मा प्रकाशित

Sujata-Koiralaबुटवल, ३ माघ ।  नेपाली कांगे्रसकी नेत्री सुजाता कोइरालाले सहमति हुन नसके प्रक्रियामा गएर भए पनि संविधान जारी गर्ने कुरामा पछाडि हट्न नहुने बताउनुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘संविधानका लागि हामी’ अभियानले आयोजना गरेको ‘शान्तिका लागि संविधान’ विषयको कार्यक्रममा नेत्री कोइरालाले संविधान निर्माणका लागि जनताले प्रदान गरेको अभिभारा कुल्चेर आन्दोलनमा जानु षड्यन्त्र हो भन्नुभयो ।  कार्यक्रममा सभासद् अब्दुल रज्जाकले सहमतिको सम्भावना कमजोर भएकाले प्रक्रिया अपनाएर माघ ८ मै संविधान जारी हुने बताउनुभयो ।

अभियानले दिगो शान्तिको कामना गर्दै लुम्बिनी मायादेवी मन्दिरम दीप प्रज्वलनसमेत गरेको छ । काठमाडौंमा अध्ययनरत युवाले दुई महिनादेखि सञ्चालन गरेको अभियानले सभासद्लाई निर्धारित समयमा संविधानमा दिन ध्यानाकर्षण गराउँदै आएको छ ।

प्रतिक्रिया