अमेरिकामा डा कार्की र भारतमा उपाध्याय राजदूत सिफारिस
काठमाडौँ, २ माघ । सरकारले लामो समयपछि आज छिमेकी मुलुक भारत र अमेरिकामा आवासीय राजदूतका लागि क्रमशः दीपकुमार उपाध्याय र डा अर्जुनकुमार कार्कीलाई आज सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले भारतमा आवासीय र भुटानमा गैरआवासीय राजदूतका रुपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्याय तथा संयुक्त राज्य अमेरिकाका लागि आवासीय एवम् कोलम्बिया, मेक्सिको, हुन्डुरस, ग्वाटेमाला, कोस्टारिका, निकारागुवा र गायनाका लागि गैरआवासीय राजदूतका रुपमा डा कार्कीलाई नियुक्तिका सिफारिस गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
सरकारले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकमा गौतममान श्रेष्ठ र हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धकमा प्रेमशङ्कर सिंहलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा रिजालले जानकारी दिनुुभयो ।
सरकारले युवाहरुलाई व्यावसायिक कृषि कर्जामा छ प्रतिशतभन्दा बढी व्याज तिर्नुनपर्ने सहुलियत अनुदानसम्बन्धी कार्य पहिलो संशोधन कार्यविधि पारित गरेको छ । त्यस्तै ग्रीडको सौर्य ऊर्जा र ऊर्जा प्रभावकारिकता आयोजनाका लागि विश्व बैंक समूहको १३० मिलियन डलर अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायता प्राप्त गर्न अख्तियारी दिने निर्णय भएको छ ।
सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन गर्दै आएको प्रकृति संरक्षण कोषको जिम्मेवारी यही माघ ४ गते समाप्त हुन लागेकाले त्यस अवधिलाई बढाएर पाँच वर्ष थप गरेको छ । एक वर्षभित्र व्यवस्थापन नियमावली निर्माण गर्नाका साथै त्यसमा संयुक्त रुपमा व्यवस्थापनका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गरी सो अवधिको अन्त्यसम्ममा क्षेत्रको सम्पूर्ण व्यवस्थापन स्थानीयवासीले नै गर्ने कार्य अघि बढाउने निर्णय गरिएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया