प्रेस चौतारी झापाको दाल, तेल, नुन र चामल सभासदलाई
इनेप्लिज
२०७१ माघ २ गते १२:१७ मा प्रकाशित
भद्रपुर, २ माघ । प्रेस चौतारी नेपाल झापा शाखाले झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको कार्यकक्षमा आज ‘खबरदारी सभा’ कार्यक्रम सम्पन्न गरेको छ ।
संविधानसभाका सदस्यलाई ध्यानाकर्षण गराउने उद्देश्यले आयोजित सो कार्यक्रममा सभासद्ले प्रतिबद्धता गरेको माघ–८ मा संविधान जारी गर्ने विषयमा उनीहरू तल्लीन रहन र प्रतिबद्धताअनुसार नै तोकिएको समयमा संविधान जारी गर्न सभासद्लाई संविधानसभाभित्रै खाना खान दाल, तेल, नुन र चामलको एक पोको पठाउन प्रमुख जिल्ला अधिकारीलाई शाखाका सभापति गोपाल काफ्लेले हस्तान्तरण गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले प्रेस चौतारीबाट प्राप्त साङ्केतिक खाद्यान्न र ध्यानाकर्षणपत्र दू्रत सेवाको माध्यमबाट आजै संविधानसभामा पठाउने जानकारी दिनुभयो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया