एमालेले सोमबार कार्यकर्ता भेला गर्ने
इनेप्लिज
२०७१ माघ २ गते ११:५२ मा प्रकाशित
काठमाडौँ, २ माघ । नेकपा एमालेले संविधान निर्माणमा उत्पन्न नयाँ जटिलता तथा जनअपेक्षाअनुरूप संविधान निर्माण गर्ने सम्बन्धमा दलको दृष्टिकोण सार्वजनिक गर्न यही माघ ५ गते अपराह्न यहाँ बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको महासचिव ईश्वर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुनेछ ।
कार्यक्रममा अनिवार्य सहभागी हुन उपत्यकाका सबै पार्टी कमिटी र सङ्गठित सदस्य, सबै जनसङ्गठनका पदाधिकारी तथा सदस्य तथा सबै सम्पर्क कमिटी र मञ्चमा आबद्ध पदाधिकारी तथा सदस्यलाई सहभागिताका लागि पार्टीले आह्वान गरेको छ ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया