बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं २३:१०
वासिङटन डिसी 13:25

भूकम्पबारे सरकार सचेत छ: गृहमन्त्री गौतम

इनेप्लिज २०७१ माघ २ गते ९:४६ मा प्रकाशित

bamdev-gautam_20141231065024काठमाडौँ, २ माघ । गृहमन्त्री वामदेव गौतमले नेपाल भूकम्पको दृष्टिले अत्यधिक जोखिमको क्षेत्र रहेको भन्दै उक्त जोखिमलाई न्यूनीकरण गर्न सरकारले पहल गरेको बताउनु भएको छ ।

आज यहाँ आयोजित १७औँ ‘राष्ट्रिय भूकम्प दिवस’को अवसरमा भूकम्पबाट ज्यान गुमाएकाको सम्झनामा भूगोलपार्कमा माल्यार्पण गर्दै गृहमन्त्री गौतमले विसं १९९० को महाभूकम्पमा आठ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएकाको सम्झनामा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया