सुनसरी प्रहरीमा दलालको बिगबिगी
इनरुवा, २ माघ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा केही दलालको बिगबिगी बढेको प्रहरी स्रोतले जनाएको छ
प्रहरीमा एउटै अनुहारका ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालयमा देखिने गरेको एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।
राजगन्ज सिनुवारीका दुईजना, इनरुवाका दुईजना, भोक्राहा र बबियाका एक–एकजनासहित ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालय सुनसरीमा देखिने गरेको ती प्रहरी अधिकृतले जानकारी दिनुभएको हो ।
प्रहरीमा मुद्दा मिलाइदिने, दर्ता गराई दिनेलगायतका बहाना देखाउँदै सर्वसाधारणलाई ठग्नका लागि ८ देखि १० जनासम्म दलाल बस्ने गरेको प्रहरी स्रोतको गुनासो छ ।
कोही दलका नेता त कोही पत्रकार मिलाइदिने नाममा दलाली गर्न र अवैध काम गर्न पल्केका ती प्रहरी अधिकृतको भनाइ छ ।
गाउँघरको सामान्य झै–झगडादेखि केटाकेटी भागेको र आपराधिक गतिविधिका मुद्दामा ती दलाल सक्रिय भएको र केहीले प्रहरीकै नाममा रकमसमेत असुली गरेको गुनासा आएको प्रहरीको दाबी रहेको छ ।
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
प्रतिक्रिया