प्रेस चौतारीले साङ्केतिक रुपमा सभासद्लाई खाद्य सामग्री पठायो
चितवन, २ माघ । संविधान निर्माणको मिति नजिकिँदै गर्दा प्रेस चौतारी चितवनले साङ्केतिक रुपमा सभासद्हरुलाई खाद्य सामग्री पठाएको छ ।
आज चितवन प्रशासनमार्फत चौतारीले दाल, चामल, नुन तेल र बेसार गरी पाँच खाद्य सामग्री पठाएको प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले जानकारी दिनुभयो ।
सभासद्हरुले रातदिन बसेर संविधान निर्माण गरुन् भन्ने उद्देश्यले खाद्य सामग्री संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र सबै सभासद्हरुलाई पठाएको प्रेस चौतारी चितवनले जनाएको छ ।
केन्द्रीय कार्यक्रमअन्तर्गत भएको उक्त कार्यक्रममा बोल्दै प्रेस चौतारीका मध्यमाञ्चल अध्यक्ष तिलक रिमालले समयमै संविधान निर्माण गर्न दलहरुलाई आग्रह गर्नुभयो ।
यस्तै पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले समयमै संविधान जारी नभए देशलाई नै असर गर्ने भन्दै दलहरुलाई ध्यानाकर्षण गराउनुभयो ।
यसअघि, प्रेस चौतारीले संविधान निर्माणका लागि दबाब स्वरुप चितवन प्रशासनमार्फत संविधानसभा अध्यक्षलाई एक ज्ञापनपत्र बुझाएको थियो ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया