दुर्ई थान अवैध भरूवा बन्दुक बरामद
इनेप्लिज
२०७१ माघ २ गते ८:५४ मा प्रकाशित
इलाम, २ माघ । कोल्बुङ–९ किटेनीबाट प्रहरीले आज दुई थान भरूवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक ईश्वर थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले कोल्बुङको हडिया जङ्गलमा बेवारिसे अवस्थामा भरूवा बन्दुक फेला पारेको हो ।
बरामद बन्दुकलाई जिल्ला प्रहरी कार्यालय इलाम ल्याइएको छ । बन्दुक कसले र किन राखेको हो भन्नेबारेमा अनुसन्धान सुरू गरिएको थापाले जानकारी दिनुभयो ।
त्यस क्षेत्रमा तस्करहरूले सालको काठ तस्करीका क्रममा छाडेको हुन सक्ने प्रहरीको अनुमान छ । दुईमध्ये एउटा नयाँ र एउटा पुरानो रहेको प्रहरीले जनाएको छ ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया