सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०६:३९
वासिङटन डिसी 20:54

जापानी प्रधानमन्त्रीको मध्यपूर्वी भ्रमण सुरु

इनेप्लिज २०७१ माघ २ गते ८:२१ मा प्रकाशित

imagesटोकियो, २ माघ । जापानी प्रधानमन्त्री सिन्जो अबे मध्यपूर्वी राष्ट्रहरुको भ्रमणका लागि शुक्रबार त्यसतर्फ लाग्नुभएको छ । जापानको राजधानी टोकियोबाट प्राप्त समाचारअनुसार उहाँ शुक्रबार इजिप्टतर्फ लाग्नुभएको छ ।उहाँले सो छ दिने भ्रमणका क्रममा इजिप्ट, जोर्डन, इजरायल र प्यालेस्टाइनी भूभागको भ्रमण गर्नुहुने जापानको विदेशमन्त्रालयले जनाएको छ ।

उहाँले त्यस क्रममा क्षेत्रीय स्थायित्व तथा आर्थिक विकासका बारेमा आपसी छलफल तथा परामर्श गर्नुहुने जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साथै जापानी प्रधानमन्त्री अबेले पूर्वाधार विकासका लागि निर्मित जापानी निर्यातका बस्तुका साथै समग्रमा जापानी निर्यात बजारको प्रवर्धनका क्षेत्रमा पनि परामर्श गर्नुहुने बताइएको छ ।

सो भ्रमणका लागि प्रस्थान गर्नुअघि टोकियो विमानस्थलमा सम्वाददातासँग उहाँले भन्नुभयो– मैले मध्यपूर्वको क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि गैरसैैनिक क्षेत्रमा सहयोग पु¥याउने बारेमा कुराकानी गर्नेछु ।

उहाँको साथमा जापानी व्यापारिक प्रतिनिधिमण्डल रहेको छ । साथै जापानका विभिन्न बहुराष्ट्रिय कम्पनीका कार्यकारी अधिकृतहरु पनि रहेका छन् ।

जापानी मन्त्रिपरिषदका प्रमुख सचिव योसिहिदा सुगाले भन्नुभयो– हामीले ती देशको भ्रमणका क्रममा द्विपक्षीय व्यापार अभिबृद्धिका क्षेत्रलाई थप फराकिलो पार्न सिकन्छ भन्ने आशा गरेका छौँ ।

जापानी प्रधानमन्त्री अबे गत महिनामात्र नयाँ प्रधानमन्त्रीका रुपमा पुनः सत्तामा आउनुभएको हो । उहाँको आर्थिक विकासको एजेण्डालाई जापानी नागरिकले अनुमोदन गरी उहाँको दललाई निर्वाचन जिताएपछि उहाँ पुनः प्रधानमन्त्री बन्नुभएको हो ।

उहाँले आफ्नो आर्थिक विकासको मोडलका रुपमा अबेनोमिक्स नामक आर्थिक विकासको सिद्धान्तलाई अघि सार्नुभएको छ ।

सोही मोडलको अर्थतन्त्रको विकासगरी जापानलाई पहिलाकै अवस्थामा फर्काउने रणनीति अनुरुप काम गर्ने बताउनुभएका प्रधानमन्त्री अबेले आफ्ना हरेक विदेशभ्रमणहरुलाई पनि आर्थिक विकासमा केन्द्रित गर्दै आउनुभएको छ ।

प्रधानमन्त्री अबेले आफ्नो दोस्रो कार्यकाललाई जापानको मन्दी आएको अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने बताउदै आउनुभएको छ । रासस/एएफपी

प्रतिक्रिया