चाँदीसहित एकजना पक्राउ
इनेप्लिज
२०७१ माघ २ गते ७:५७ मा प्रकाशित
वीरगन्ज (पर्सा), २ माघ । प्रहरीले एक किलो ८६० ग्राम चाँदीसहित एकजनालाई वीरगन्जबाट पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीको विशेष टोलीले बाराको इटियाही गाविस–७ का आत्माराम साहलाई पक्राउ गरेको हो ।
चाँदी लिएर भारतको रक्सौलतर्फ जाँदै गरेका साहलाई वीरगन्ज उपमहानगरपालिका–१९ शंकराचार्य प्रवेशद्वार नजिकैबाट गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साहको शरीर जाँच गर्दा रु एक लाख १५ हजार मूल्य बराबरको एक किलो ८६० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।
चाँदीसहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा आज पठाइने उहाँले बताउनुभयो ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया