यो कारणले म एनआरएन युएसएको उपाधक्ष्य पदको प्रत्याशी हु :बिनय अर्याल
गैर आवाशीय नेपाली संघ ,एनआरएन अमेरिकाको उपाधक्ष्य पदको लागि उम्मेदवारी दिने
एनआरएन अमेरिको आगामी निर्वाचनको लागि बिभिन्न उम्मेदवारहरुले विभिन्न पदमा घोषणा दिने क्रम जारी भै रहेको अवस्थामा विभिन्न संघ तथा संस्था संग आबद्ध तथा संचारकर्मी बिनय अर्यालले गैर आवाशीय नेपाली संघ अमेरिकाको उपाधक्ष्य पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l आफ्ना साथी भाई ,शुभचिन्तक तथा ईष्ठ मित्र संग सल्लाह गरि उक्त पदमा प्रत्यासी बन्ने योजना बनाएको बताउदछन l
नेपाल देखि नै आफु बिभिन्न संघ तथा संस्थामा सक्रिय रहेको र सो क्रम अमेरिकाका पनि जारी राख्दै बिभिन्न पदमा काम गरेको उल्लेख गर्दै त्यो आफ्नो अनुभव यो संस्थामा दिन चाहेकोले मेरो उम्मेदवारी उपाधक्ष्य पदमा हो l
सन् २००५ देखि नै अमेरिकामा रहदै आएका अर्याल भन्छन बिगतमा एनआरएनले त्यति सफलता हासिल गर्न नसकको जस्तो देखिएको तर गत १ बर्ष देखि राम्रो रफ्तारमा चल्दै गरेको अवस्थालाई अझ होस्टेमा हैसे गर्न मेरो उम्मेदवारी l
सम्भावनाका मार्गहरु कोर्न प्रसस्त ठाउँ भएकोले आफुले केहि गर्न सकिने छ भनि उम्मेदवारी दिने तय गरेको l युवाहरुको सहभागिताको साथ एन आर एन लाई अगाडी बढाउने मेरो मुख्य उदेश्य हो l समाजका विभिन्न क्षेत्रका युवावर्गलाई संलग्न गराई एनआरएन लाई अग्रगामी दिशामा लैजाने आफ्नो लक्ष्य रहेको बताए l
परदेशमा उनीहरुले एक्लोपन भएको महसुस गरि रहेको अवस्था र घर परिवार संग टाडा भएका परिवेशमा युवाहरुलाई स्वत स्फ़ुर्त सहभागिता गराई सामाजिक भूमिकाको अनुभूति गराई उनीहरुलाई संलग्नता गराउने l आफु काम गर्ने भनेर उम्मेदवारी दिएकोले काम गरेर देखाउने तिब्र ईक्षा तथा दृढ विश्वास आफु संग भएकोले यो निर्णय गरेको जताए l नेतृत्व चयन गर्दा सहमति ,सम्बाद बाट सर्वसम्मति हुने सम्भावना रहे आफु समाजको हित तथा संस्थाको एकताको लागि त्याग र बलिदान गर्न तत्पर रहेको बताए l उनले अतित कोट्याउदै ,उत्तर अमेरिका कै जेष्ठ संस्था अमेरिका नेपाल सोसाईटीमा आफु महासचिबको उम्मेदवार भएता पनि सामाजिक संस्थामा समुदाय विभाजित नहुन् भनि आफुले उम्मेदवारी त्याग गरेको संस्मरण गराए l
किन यो पदमा प्रत्यासी भन्ने सवालमा आफुसंग सामाजिक संस्था संग काम गरेको अनुभव ,तिब्र ईक्षा ,संकल्प भएको र त्यो संकल्प पुरा गर्न मेरो उम्मेदवारी हो भने l निर्वाचनका समयमा उम्मेदवारबाट आउने सार्बजनिक रुपमा जारी गरिने प्रतिबद्धतामा आफु त्यति विश्वास नराख्ने भन्दै कागजी प्रतिबद्धता भन्दा काम गरेर नै अगाडी बढ्न चाहना भएको बताए l
अमेरिकामा थुप्रै संघ तथा संस्था भएता पनि अब एनआरएनले नेतृत्व लिदै सामन्जस्य र समन्वय एन आर एनले गरि कार्यक्रम संचालन गर्ने र त्यो सहयोग गर्ने गरि आफु संस्थामा होमिन लागेको स्पस्ट कुरा राखे l आफुले अमेरिकामा बसोबास गर्ने प्रवाशीहरुको समस्यालाई प्राथमिकतामा राखेको र लगानीका सुरक्षा सवालमा पनि त्यति नै चासो रहेको बताए l एन आर एन अमेरिकाका उपाधक्ष्यका प्रत्यासी बिनय अर्याल संचार कर्मी पनि हुन् भने उनि अमेरिका नेपाल टेली भिजनका समाचार वाचक पनि हुन् l
यसै गरि अमेरिका नेपाल सोसाईटी डिसीका पूर्व कार्यकारी समितिका पदाधिकारी, अमेरिका नेपाल पत्रकार संघका सदस्य ,युएनडिपी तथा वर्ड्स बैंकको परियोजनामा नेपालमा काम गरेको अनुभव बताउदछन l यसको साथै नेपाल स्पोर्ट्स एंड कल्चर इन्टरनेसनलका वर्तमान महा सचिब पनि हुन् l
हाल ब्यबसायको संचालनार्थ नर्थ क्यारोलिनामा बसोबास भएता पनि अर्याल भर्जिनियाका स्थाई निवासी हुन् l जनवरी ३१ सम्म मात्र सदस्यता वितरण हुने भएकोले समयमा सदस्य लिनु हुन् आग्रह गर्दै अमेरिकामा रहेका नेपाली समुदायले मेरो उम्मेदवारीलाई पूर्ण समर्थन तथा अनुमोदन गर्ने विश्वास लिएका छन् l
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया