हिन्दू राष्ट्र माग गर्दै बिर्तामोडमा रिले अनशन
इनेप्लिज
२०७१ माघ १ गते १०:५१ मा प्रकाशित
बिर्तामोड, १ माघ । संविधानमा हिन्दु राष्ट्र लेखिनुपर्ने माग गर्दै संयुक्त सघर्ष समिति झापाले आजबाट विर्तामोडको मुक्ति चोकमा रिले अनशन सुरु गरेको छ ।
नेपालमा हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने उद्देश्यले माघ ८ मा संविधान जारी गर्नु पूर्व नै आफूहरुले आन्दोलन गरेको राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका केन्द्रीय अध्यक्ष तथा संयुक्त सघर्ष समितिका सह–संयोजक इन्द्रप्रसाद ओलीले जानकारी दिनुभयो ।
आन्दोलनलाई सरकारले बेवास्ता गर्दै संविधान माघ ८ मै नबनाए, संविधानमा हिन्दू राष्ट्र नेपाल नलेखिए त्यसपछि कडा आन्दोलन गर्नूको विकल्न नभएको र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले व्यहोर्नु पर्ने उहाँले बताउनु भएको छ ।
रिले अनसन शान्तिपूर्ण हुने र यसलाई सरकारले बेवास्ता गरे आमरण अनशनसम्म बस्न तयार रहेको सघर्ष समितिका संयोजक हर्कलाल गिरीले जानकारी दिनु भएको छ ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया