तिब्र गतिका बलर ब्रेट लीले टी-२० क्रिकेटबाट सन्यास लिए
काठमाडौं,१ माघ,। अष्ट्रेलियाका तिब्र गतिका बलर ब्रेट ली टी-२० क्रिकेटबाट सन्यास लिएका छन् ।
सन् १९९९ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्रेट लीले एकदिवसीय र टेष्टबाट सन्यास लिएपछि टी-२० खेल जारी राखेका थिए । यो सिजन उनले सिड्नी सिक्सरबाट बिग व्यास लिग खेलेका थिए । ‘यो मेरो अन्तिम सिजन हो भन्ने मलाई सुरुमा नै थाहा थियो’ उनले भनेका छन् । टी-२० मा भने ११७ खेल खेलेका उनले १०५ विकेट लिएका छन् ।
३८ वर्षका ब्रेट लीले २०१० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए । ७६ टेष्ट म्याचमा ३०.८१ औसतमा उनल ३१० विकेट लिएका थिए । उनले अन्तिम टेष्ट डिसेम्बर २००८ मा मेलबर्नमा खेलेका थिए ।
अष्ट्रेलियाका लागि उनले आफ्नो अन्तिम एकदिवसीय म्याच इंग्ल्याण्डमा २०१२ मा खेलेका थिए । २२१ एकदिवसीयमा ३८० विकेट लिएका छन् । सन् २००५ मा टी-२० इन्टरनेशनलमा डेब्यू गरेका उनले २५ टी-२० आई खेले ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया