मोहम्मदको कार्टुन प्रकाशन गरेकोमा तालिवानद्वारा निन्दा
काबुल, १ माघ । अफगानिस्तानका तालिवानले फ्रान्सको एक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन छापेकोमा त्यस पत्रिकाको सो कार्यको निन्दा गरेका छन् ।
फ्रान्सको राजधानी पेरिसस्थित एक हास्यव्यङ्ग्य पत्रिका चार्ली हेब्डोमा गत हप्ता हमला भएपछि पनि प्रोफेट मोहम्मदको कार्टुन छापेको भन्दै सो कार्यको निन्दा गरेका हुन् ।
तर उनीहरुले सो पत्रिकाको कार्यालयमा गोली प्रहार गरी प्रधानसम्पादकसहित १२ जनाको हत्या गरेको घटनाको भने प्रशंसा गरेका छन् । त्यस कार्यलाई उनीहरुले मोहम्मदमाथि अन्याय गर्नेलाई न्यायको कठघरामा ल्याइएको भनी टिप्पणी गरेका छन् ।
बिहीबार उनीहरुले अफगानिस्तानमा अङ्ग्रेजी भाषामा विज्ञप्ति प्रकाशन गरी सो कार्टुनको प्रकाशन गर्ने काम मानवता विरोधी भएको आरोप लगाएका छन् । अफगानिस्तानका तालिवानहरुले सो विज्ञप्ति प्रकाशन गरेका हुन् ।
उनीहरुले सो कार्टुन प्रकाशन गर्नेमात्र नभई सो कार्टुन प्रकाशनका लागि सघाउने व्यक्तिलाई पनि मानवता विरोधीको सङ्ज्ञा दिएका छन् ।
साथै तालिवान सङ्गठनद्वारा प्रकाशित सो विज्ञप्तिमा विश्वका नेताहरुले यस्ता कार्टुनहरु प्रकाशन गर्ने कामलाई रोक्नुपर्ने पनि बताइएको छ ।
गत हप्ता सो पत्रिकाको कार्यालयमा हमला गरी १२ जना व्यक्तिको हत्या गरेपछि पनि उक्त पत्रिकाले मोहम्मदले म चार्ली हुँ भनी लेखिएको व्यानर समातेको कार्टुन बनाई छापेको थियो ।
सो हत्याकाण्डपछि त्यहाँ विश्वका कम्तीमा पनि ४० देशका सरकार तथा राष्ट्रप्रमुख पुगी मारिएका व्यक्तिका परिवारलाई समवेदना दिएका छन् ।
साथै उनीहरुको समेत सहभागितामा पेरिसमा लाखौँ लाख व्यक्ति शान्ति र्यालीमा सहभागि भएका थिए । रासस/एएफपी
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया