सोमबार, भदौ ९ २०७६
काठमाडौं ००:०२
वासिङटन डिसी 14:17

डिभिजन–२ प्रतियोगिता शनिबारदेखि

इनेप्लिज २०७१ पुष ३० गते २१:५९ मा प्रकाशित

ImageProxy

काठमाडौं, ३० पुस । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबिया पुगेको छ ।

दक्षिण अफ्रिकामा केही अभ्यास खेल सकाएर नेपाली टोली मंगलबार त्यहाँबाट सीधै नामिबियातर्फ लागेको हो । दक्षिण अफ्रिकामा रहँदा नेपालले तीन अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो र तेस्रो अभ्यास खेलमा भने जित हासिल गरेको थियो । पारस खड्काको कप्तानीमा नामिबिया पुगेको नेपाली टोली नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता हात पार्ने लक्ष्यमा रहेको छ ।

डिभिजन–२ प्रतियोगिता यही शनिबारदेखि नामिबियामा हुँदैछ । नेपालले आफ्नो पहिलो खेल शनिबार युगान्डासँग खेल्नेछ । प्रतियोगितामा नेपाल र युगान्डासँगै केन्या, नेदरल्यान्ड्स, क्यानाडा र नामिबिया सहभागी छन् ।

प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोली डिभिजन–१ मा प्रवेश गर्नेछन् । यी दुई टोलीले चार दिवसीय ढाँचाको आइसीसी अन्तरमहादेशीय कप तथा एक दिवसीय विश्वकप छनोट चरणको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाउनेछन् । तस्वीरः क्यानरट्वीटर

प्रतिक्रिया