एनआरएन अमेरिकाको सदस्यता लिन समाजसेवी तिवारीको आग्रह
एनआरएन अमेरिकाको सदस्यता लिनका लागि यही ३१ जनवरीसम्म म्याद रहेकाले उक्त अवधिभित्र सदस्यता लिनका लागि समाजसेवी विनोद तिवारीले अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुलाई आह्वान गर्नुभएको छ ।
एकता नै बल हो भन्ने सिद्धान्त अनसार बिना राजनीतिको अन्तर्राष्ट्रिय नेपाली संस्था एनआरएन अमेरिकाको सदस्यता लिई आफ्नो आवाज बुलन्द गर्न तिवारीले सबैलाई आह्वान गर्नुभएको हो ।
एनआरएन अमेरिका सम्पूर्ण अमेरिकावासी नेपालीहरुको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै तिवारीले एनआरएन अमेरिकाको तुरुन्त सदस्यता लिएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
योग्य, कर्मठ र जुझारु उम्मेदवारलाई जिताउनु हाम्रो कर्तव्य हुनेछ, तिवारीले भन्नुभएको छ । हामी नेपालीले देश छाडेको १८३ दिनपछि स्वतः एनआरएन हुने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै तिवारीले वैधानिक रुपमा एनआरएन बनेर र आफ्नो पैतृक हक अधिकारका लागि आवाज बुलन्द गर्न अमेरिकाका
विभिन्न राज्यमा बसोबास गर्नु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आग्रह गर्नुभएको छ ।
उहाँले दैनिक जीवनमा हामीलाई विभिन्न समस्या, कठिनाई, कानूनी समस्या आउनसक्ने भएकाले एउटा सिस्टममा बस्दा हामीलाई आइपर्ने विभिन्न कठिनाई एक अर्कोमा सहयोगी भावनाले समाधान गर्न सकिने तिवारीले उल्लेख गर्नुभएको छ । उहाँले यसका लागि हाम्रो एकता अनिवार्य भएको पनि प्रष्ट पार्नुभएको छ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया