आठौं वर्षमा विश्वसन्देश साप्ताहिक
सन् २००७ को जनवरीबाट २४ पृष्ठको पाक्षिकबाट व्यावसायिक यात्रा प्रारम्भ गरेको विश्वसन्देशले सात बर्ष पुरा गरि आठौ बर्षमा प्रवेश गरेको छ l विगत दुई बर्ष देखि ३६ पृष्ठको साप्ताहिक पत्रिका न्यूयोर्कमा प्रकाशन गर्दै आइरहेको छ l अमेरिका जस्तो मुलुकमा बिधुतिय पत्रिकाहरुको प्रतिस्प्रद्धा संग मुकवाला गर्दै ३६ पृष्ठमा प्रकाशन भै रहेको विश्वसन्देश सम्भवत उत्तर अमेरिका भरि ३६ पृष्ठ प्रकाशन गर्ने पहिलो नेपाली साप्ताहिक बन्न अवसर प्राप्त गरेको छ l
पत्रिकासँग सम्बन्धित लेखक, पत्रकार, विज्ञापनदाता र सहयोगीहरुमाझ सम्पन्न सातौं वर्षगाँठ समारोहमा न्यूयोर्क मेडिकल प्रशिक्षक बिद्यालयका चिकित्सक नन्दा पजवानीले नेपाली भाषामा प्रकाशन हुने यो साप्ताहिकले आफ्नो विद्यालयको व्यावसायिक प्रबर्धनमा उल्लेख्य योगदान पुर्याएको चर्चा गरेका थिए ।
अतिथिका रुपमा सहभागी भ्वाइस अफ न्यूयोर्कका सम्पादक तथा सेन्टर फर कम्युनिटी एण्ड इथिनिक मिडियाका संचार निर्देशक जाहङ्गिर खप्तकले तेस्रो मुलुकमा प्रकाशन गरिने सामुदायिक पत्रपत्रिकाको औचित्यबारेमा चर्चा गरेका थिए । उनले अमेरिकाको न्यूयोर्क शहरमा प्रकाशन गरिने विश्वसन्देश साप्ताहिक जस्ता पत्रिकाले समुदाय र प्रवासको मूलधारबीच सधैं पुलको काम गर्ने गरेको भन्दै सामुदायिक पत्रपत्रिकालाई समुदायको मायाको खाँचो भएको बताएका थिए ।
अनौपचारिक कार्यक्रमका रुपमा सम्पन्न समारोहमा बिभिन्न व्यक्तित्वहरुले विश्वसन्देशको विषयमा चर्चा गरेका थिए । न्यूयोर्कस्थित वाणिज्यदूतको कार्यालयका उपवाणिज्य दूत प्रवीण भट्टराईले न्यूयोर्कबाट प्रकाशन हुने नेपाली पत्रपत्रिकाका विषयमा चर्चा गर्दै विश्वसन्देश साप्ताहिकले हरेक राष्ट्रिय मुद्दाका समाचार जल्दोबल्दोरुपमा उठाउने गरेको बताएका थिए ।
उनले अमेरिकामा बस्ने नेपालीहरुलाई शरणार्थी हैशियत लिएका कारण एमआरपी नदिने मन्त्रालयको निर्णयले आफूलाई न्यूयोर्कमा काम गर्न अप्ठेरो परेको बताउँदै विश्वसन्देशले एमआरपीका विषयमा मुख्य समाचार बनाउने गरेका कारण समुदायमा चेतना बढेको बताएका थिए ।
प्रधानसम्पादक विजय पौडेलले विश्व सन्देशको विगतदेखि वर्तमानसम्मको यात्राका विषयमा चर्चा गर्दै पत्रिकाको मुटु भनेको विश्वसन्देशमा कार्यरत पत्रकार तथा कर्मचारी अनि विज्ञापनदाता हुन् भन्दै प्रशंसा गरेका थिए । विश्वसन्देश टेक्सास, डिसी भर्जिनिया र मिचिगन राज्यमा समेत वितरण गर्दै आएको छ ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया