भारतको गङ्गा नदीमा ८० शव भेटिए
लखनउ, ३० पुस । भारतको गङ्गा नदीमा बुधबार ८० वटा शव भेटिएका छन् । सो नदीमा लाखौँ लाख हिन्दूधर्मावलम्बीले पूजाअर्चना गर्ने तथा स्नान गर्ने आस्थाको नदी हो ।
सो नदीमा हिन्दू धर्मावलम्बीले अन्तिम संस्कार पनि गर्ने गरिन्छ । सोही कारण उक्त नदीको पानीको गुणस्तर खस्किएको भनी चर्चा भइरहेकै बेला बुधबार ती शव तैरिएको अवस्थामा भेटिएका छन् ।
दशौँ लाख हिन्दूहरूको अन्त्येष्टि हुने गरेको सो नदीमा सोही कारणले पनि फोहर भएको चर्चा गर्ने गरिन्थ्यो ।
उत्तर प्रदेशमा एक घाट नजिकै ती शव तैरिएको अवस्थामा भेटिएका स्थानीय नागरिक र प्रहरीले जनाएका छन् । ती शव नदीमा अकस्मात् भेटिएपछि प्रहरीले निकालिरहेको बताइएको छ ।
साथै ती शवमा गिद्ध र कुकुर झुलिरहेका दृश्य पनि टेलिभिजनमा देखाइएको छ । पानीमा तैरिएका ती शवमा गिद्ध रमाएका दृश्य टिभीमा देखाइएको छ ।
सो नदीमा भेटिएका शवको सङ्ख्या त्योभन्दा पनि धेरै रहेको बताइन्छ । जिल्ला मेजिस्ट्रेट सौम्य अग्रवालले भने– हामीले अहिलेसम्म ८० वटा शव देखेका छौँ र सायद यो सङ्ख्या कम्तीमा पनि १०० पुग्न सक्छ ।
उहाँले यतिखेर नदीमा पानीको मात्रा बढ्न थालेकाले सो नदी किनारमा गाडिएका शव बाहिर निस्कएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
अग्रवालले भन्नुभयो– “के कति कारणले ती शव बाहिर आए भन्नेबारेमा अनुसन्धान सुरु गरिएको छ र यसका लागि चिकित्सकको एक टोली पनि त्यहाँ पठाइएको छ ।”
प्रहरीले नदी किनारमा अन्त्येष्टि गरेरै गाडिएका ती शव यतिखेर नदीको पानीमा तैरिन पुगेको अनुमान गरेको छ । रासस/एएफपी
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया