राष्ट्रपति ओबामा भारत आउने
इनेप्लिज
२०७१ पुष ३० गते १५:१७ मा प्रकाशित
नयाँ दिल्ली, ३० पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा तीनदिने औपचारिक भ्रमणका लागि यही जनवरी २५ मा भारत आउन लाग्नुभएको छ ।
सो अवसरमा राष्ट्रपति ओबामा जनवरी २६ मा आयोजना हुने भारतको गणतन्त्र दिवस विशेष समारोहमा सहभागी हुनुहुने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत आउन लाग्नुभएका राष्ट्रपति ओबामा सो समारोहको प्रमुख अतिथि हुनुहुने बताइएको छ ।
सो औपचारिक कार्यक्रमका अतिरिक्त उहाँले भारतीय प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँले भारतको औद्योगिक समुदायलाई पनि सम्बोधन गर्नुहुने छ ।
राष्ट्रपति ओबामा भारतको एक प्रसिद्ध पर्यटकीय सहर आग्रा तथा ताजमहलको पनि भ्रमण गर्नुहुने कार्यक्रम रहेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया