राजापाक्छेमाथि भ्रष्टाचारको उजुरी
कोलम्बो, ३० पुुस । श्रीलङ्काका निवर्तमान राष्ट्रपति महिन्दा राजापाक्छेमाथि भ्रष्टाचारको उजुरी परेको छ ।
उहाँ गत हप्तामात्र सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा पराजित हुनुभएको थियो ।
उहाँमाथि बुधबार भ्रष्टाचारमा मुद्दा दायर गरी उहाँलाई देश छोड्नबाट रोक लगाउँन भ्रष्टाचारका विरुद्धमा कारबाही गर्ने अड्डालाई आग्रह पनि गरिएको छ ।
श्रीलङ्काको विपक्षी माक्सिस्ट पार्टीले उहाँका विरुद्धमा भ्रष्टाचारको मुद्दा लगाई उहाँ र उहाँको परिवारले देश छोड्न सक्ने भएकाले त्यस कार्यमा प्रतिबन्ध लगाउन माग गरिएको समाचारमा जनाइएको छ ।
पूर्व राष्ट्रपति राजापाक्छे, उहाँका जेठा छोरा नमल र दुईजना भाइमाथि पनि भ्रष्टाचारको छानबिन गर्न माग गरिएको छ ।
उक्त विपक्षी पार्टीले पूर्व राष्ट्रपति राजापाक्छेसहित उहाँको कार्यकालमा महत्वपूर्ण ओहदामा रहेका उनीहरूले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका र हालैमात्रको निर्वाचनमा राजापाक्छेले अप्रत्यासित रुपमा सत्ताबाट हट्नुपरेकाले उनीहरू भाग्नसक्ने भन्दै उक्त मुद्दा दायर गरेको बताइएको छ ।
राजापाक्छेमाथि आफ्नो शासनकालमा भ्रष्टाचार गरेको र नाताबादमा बढी फसेको आरोप लाग्दै आएको थियो । सोही कारण पनि हतारहतार विपक्षीले सो मुद्दा दिएको बताइएको छ ।
सो पार्टीका प्रवक्ताले राजापाक्छेको परिवारले सत्ताको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएकाले उनीहरूलाई पनि कानुनको कठघरामा ल्याउनुपर्ने भन्दै सो उजुरी दिएको बताएका छन् ।
राष्ट्रपति राजापाक्छेले देशमा सर्वसत्तावाद चलाएको र शासनमा आफन्तको भीड बढाएको आरोप लगाउने गरिन्छ तर उहाँको शासनको कार्यशैलीको आलोचना खुलेरै गर्न सक्ने अवस्था भने देशमा नरहेको पनि विपक्षीले विगतमा यस्तो मुद्दा उठाउन नसकेको उहाँको भनाइ छ ।
पछिल्लो कार्यकालमा वर्तमान राष्ट्रपति राजापाक्छे विपक्षीहरूप्रति बढी कठोर बनेको र देश एकल हिसाबले चलाएको भन्दै उहाँको बढी आलोचना गर्ने गरिएको थियो ।
उहाँ सत्ताबाट हट्नासाथै उहाँमाथि यो आरोप लगाइएकाले यसलाई अर्थपूर्ण रुपमा लिइएको छ । किन यति हतार गरी उहाँमाथि यो मुद्दा लगाइयो भन्नेबारेमा विश्लेषण सुरु भएको बताइन्छ ।
उहाँमाथि केही दिनअघि मात्र पनि आफूले निर्वाचन हारेपछि सैनिक कू गर्न खोजेको आरोप लागेको थियो तर उहाँले आफू सधैँ जनताको मतको अगाडि झुक्ने भन्दै निर्वाचनमा जनताले आफ्नो विकल्प खोजेपछि आफूले अरू केही नसोची सरकारबाट हटेको दाबी गर्नुभएको छ ।
राजापाक्छे सन् २००५ देखि श्रीलङ्कामा सत्तामा रहिआउनुभएको छ । उहाँ शासनका क्रममा नातावादमा बढी फसेको भनी आलोचना हुने गरेको थियो ।
नवनियुक्त राष्ट्रपति मैत्रीपाला सिरीसेनाको प्रशासनले राजापाक्छेले आफूले निर्वाचन हारेपछि सैनिक कू गर्न सैनिक प्रमुखलाई भनेको तर सैनिक प्रमुखले नमानेपछि उहाँ बाध्य भएर सरकारी निवासबाट बाहिरिएको बताएको थियो ।
तर यस भनाइको उहाँले भने कडा प्रतिवाद गर्नुभएको छ । उहाँले आफूले त्यस्तो गर्न नखोजेको प्रतिक्रिया हिजोमात्र दिनुभएको थियो ।
एकपछि अर्काेगरी उहाँमाथि विपक्षीले लगाएको यस आरोपका बारेमा श्रीलङ्कामा व्यापकमात्रामा चर्चा सुरु भएको प्राप्त समाचारमा जनाइएको छ । रासस/एएफपी
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया