एमाओवादीको अवरोधका कारण माघ ८ मा संविधान जारी गर्न सकिएन:अध्यक्ष ओली
काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाभित्रकै तेस्रो ठूलो दलको अवरोधका कारण माघ ८ मा संविधान जारी गर्न नसकेको बताउनुभएको छ ।
नेकपा (एमाले) सिन्धुपालचोक–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ३१औँ पिस्कर स्मृति दिवसका अवसरमा ऐतिहासिक पिस्कर घटनामा आधारित फिल्म ‘पिस्कर’ प्रदर्शनी कार्यक्रममा उहाँले एमाओवादीजस्तो ठूलो दलले संविधान जारी गर्न नदिने गैरजिम्मेवारीपूर्ण काम गरेको उल्लेख गर्नु भयो ।
अध्यक्ष ओलीले जतिसक्दो छिटो सहमतिको प्रयास गर्ने नभए प्रक्रिया अगाडि बढाएर पनि संविधान जारी गर्न लागिरहेको जानकारी दिनुभयो । सिन्धुपाल्चोकका जनतामाथि तत्कालीन समयमा भएको विश्वासघातप्रति चलचित्र बन्नु महत्वपूर्ण काम भएको भन्दै उहाँले कायरतापूर्ण दमनविरुद्ध आवाज उठाउने कलाकारलाई धन्यवाद दिनुभयो ।
उक्त ऐतिहासिक सत्यघटनामा आधारित चलचित्र हेर्न पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्ट, पोलिटब्यूरो सदस्य पशुपति चौलगाईंलगायत नेताहरु राष्ट्रिय नाचघर जमलमा पुग्नुभएको थियो ।
कलाकार दीपेन्द्र दाहालको निर्देशनमा बनेको साढे दुई घण्टाको सो चलचित्र तत्कालीन पञ्चायती व्यवस्थामा समाजका धनी (काजी)ले विभिन्न बहानामा गरिब थामीको जग्गा र श्रम लिने, मरिसकेको मानिसको समेत ल्याप्चे लगाएर जग्गा आफ्नो कब्जामा पार्ने ज्यादतीविरुद्ध आवाज उठाएको कथामा आधारित छ ।
सो कार्यक्रममा उक्त घटनामा मृत्यु भएका सहिद इली थामी र वीरबहादुर थामीको तस्बिरमा एमाले अध्यक्ष ओलीसहित वरिष्ठ नेता तथा नेताहरुले माल्यार्पण गर्नुभएको थियो भने सो चलचित्र निर्माण गर्ने कलाकारलाई अध्यक्ष ओलीले सम्मान गर्नुभयो ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया