वार्तालाई निरन्तरता दिन अध्यक्ष नेम्वाङको प्रधानमन्त्री र अध्यक्ष ओलीलाई सुझाव
काठमाडौँ, ३० पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई दलहरुसँगको वार्तालाई निरन्तरता दिएर सहमति खोज्ने प्रयासलाई जारी राख्न सुझाव दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुसँग आज भएको भेटमा अध्यक्ष नेम्वाङले दलहरुबीच संविधानका विषय र प्रक्रियामा सहमति भएको खण्डमा अझै पनि माघ ८ गतेभित्र संविधान जारी गर्न सकिने उल्लेख गर्नु भयो ।
संविधानसभाले प्रतिवेदन प्राप्त गरिसकेपछिको प्रक्रियालाई संविधान, निमय र स्थापित अभ्यासबमोजिम टुङ्गोमा पु¥याउने प्रयास गर्ने जानकारी गराउँदै उहाँले प्रधानमन्त्री कोइराला र अध्यक्ष ओलीलाई शीर्षतहको वार्तालाई तत्कालै आरम्भ गर्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री एव् अध्यक्ष ओलीले दलहरुबीच छलफल गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।
उहाँले माघ २ गतेदेखि बस्ने संविधानसभाको बैठकलाई अघि बढाउन र एउटा निष्कर्षमा पु¥याउन आवश्यक पहल गरिदिन समेत ध्यानाकर्षण गराउनुभएको थियो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया