प्रथम महिला तेक्वान्दो प्रतियोगिता आयोजना हुने
काठमाडौँ, ३० पुस । नेपाल तेक्वान्दो सङ्घ महिला सशक्तीकरण व्यवस्थापन समितिले प्रथम महिला तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
तेक्वान्दो खेलको इतिहासमा नै पहिलोपटक यस किसिमको प्रतियोगिता आयोजना गर्न लागेको समितिकी अध्यक्ष नन्दा बस्यालले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुनेछ ।
प्रतियोगितामा पाँच विकास क्षेत्रको टिम, नेपाली सेना, नेपाल प्रहरी क्लब, सशस्त्र प्रहरी बल र विश्वविद्यालय टिम गरी नौ टिमले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्यालले बताउनुभयो ।
प्रतियोगितामा ३० केजी, ३२ केजी, ३४ केजी ३७ केजी, ४० केजी, ४३ केजी, ४६ केजी, ४९ केजी, ५३ केजी र ५७ केजीमुनिको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सो प्रतियोगितामा ९० जना खेलाडीले भाग लिनेछन् । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता करिब रु १८ लाख १४ हजार ७०० खर्च लाग्ने आयोजकले जनाएको छ ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
प्रतिक्रिया