ट्रकको ठक्करबाट एकको मृत्यु
इनेप्लिज
२०७१ पुष ३० गते १४:४० मा प्रकाशित
हेटौँडा, ३० पुस । काठमाडौंबाट वीरगन्जतर्फ जान आइरहेको ना५ख २५७७ नम्बरको ट्रकले हेटौँडा उपमहानगपालिका–४ स्थित बुद्धचोकमा एक महिलालाई आज मध्याह्न ठक्कर दिँदा मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–३ की ४५ वर्षीया माझुली मानन्धर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक र ट्रक चालक धादिङको ठकरा गाविस–५ बस्ने २९ वर्षीय सुदर्शन राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
प्रतिक्रिया