खानीजन्य उद्योगमा लगानी गर्न आग्रह
काठमाडौँ, ३० पुस । सरकारले खानी तथा खानीजन्य उद्योगको विकास तथा प्रवद्र्धनमा ग्रिल तथा स्टिल क्षेत्रमा काम गर्दै आएका उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने भएको छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासङ्घद्वारा आयोजित दर्ता तथा प्रमाणपत्र वितरण कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले फलाम तथा स्टिल उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
ग्रिल तथा स्टिल उद्योगीले खानी उद्योगमा लगानी गर्न चाहेको अवस्थामा उनीहरुलाई विशेष प्राथमिकता दिने सरकारको नीति भएकाले त्यसमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो–“ग्रिल तथा स्टिलबाट आय गरेको आम्दानी फलाम खानीमा लगाउनुहोस्, तपाइँहरुलाई सरकारले विशेष प्राथमिकता दिएर खानी सञ्चालन गर्न दिन्छ ।”
ग्रिल व्यवसायलाई सरकारले उत्पादनमूलक उद्योगका रुपमा लिएको उल्लेख गर्दै मन्त्री बस्नेतले भन्नुभयो–“उत्पादनमूलक व्यवसायलाई सरकारले २० प्रतिशत आयकर छुट दिएको छ, चाँडो दर्ता प्रक्रिया पूरा गरेर उक्त अवसरको सदुपयोग गर्नुहोस् ।”
मन्त्री बस्नेतले नीतिगत भ्रष्टाचारलाई अन्त्य गर्नुपर्नेमा जोड दिँदै नीति तथा निर्माण कार्यमा देखिएका समस्यालाई चाँडै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ग्रिल व्यवसायीमा देखिएका समस्यालाई आफूले चाँडो समाधान हुने विश्वास दिलाउनुभयो ।
उद्योग मन्त्रालयका सहसचिव दिनेश घिमिरेले ग्रिल तथा स्टिल व्यवसायीलाई साना तथा घरेलु उद्योगमा दर्ता गर्न परेको समस्यालाई चाँडै सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ग्रिल तथा स्टिल व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी ग्रिल तथा स्टिल व्यवसायी रहेपनि अधिकांशको उद्योग दर्ता नभएको उल्लेख गर्दै उनीहरुलाई दर्ता गराउन सरकारले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा १२ जनाभन्दा बढी ग्रील व्यवसायीलाई दर्ता प्रमाणपत्र प्रदान गरिएको थियो ।
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया