राष्ट्रपति डा यादवसँग संविधानसभा अध्यक्षको भेट
काठमाडौँ, ३० पुस । राष्ट्रपति डा रामवरण यादवसँग संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आज भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँहरुबीच भएको भेटवार्तामा संविधान निर्माणमा सहमतिका लागि भइरहेको प्रयास र संविधान लेखनको प्रगतिबारे केन्द्रित रहेर छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति यादवले संविधान निर्माणमा दलबीच भएको वार्ता, छलफल र सहमति लगायतको स्थितिका बारेमा चासो व्यक्त गर्नुभएको थियो । उहाँले दलहरु सहमतिका लागि अग्रसर हुनुपर्छ भन्ने भनाइ राख्दै संविधान लेखनले प्रगति हासिल गर्न नसकेकामा चिन्ता र सरोकार राख्नुभएको थियो ।
सभाध्यक्ष नेम्वाङले दलहरुबीच संविधानका अन्तरवस्तु र सिद्धान्तमा सहमति भएको खण्डमा अझै पनि माघ ८ गते नयाँ संविधान जारी गर्न सम्भव रहेको राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । उहाँले संविधान जारी गर्नका लागि तोकिएको समय अत्यन्तै नजिक आइसकेको अवस्थामा दलहरुबीच आवश्यक वार्ता, संवाद र छलफल नभइरहेको परिस्थितिबारे अवगत गराउँदै छलफललाई निरन्तरता दिँदै सहमति खोज्ने प्रयासमा जुट्न आफूले नेताहरुलाई घच्घच्याइरहेको उल्लेख गर्नु भयो ।
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया