संविधानसभाकोे बैठक स्थगित
इनेप्लिज
२०७१ पुष ३० गते १४:३१ मा प्रकाशित
काठमाडौँ, ३० पुस । संविधानसभाको भोलि माघ १ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ ।
संविधानसभाको मङ्गलबार बसेको बैठकले अर्को बैठक भोलि १ बजे बस्ने गरी तय गरेको थियो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको राजनीतिक दलका सचेतकको बैठकले भोलिका लागि तय गरेको बैठक माघ २ गते शुक्रबार बिहान १० बजे बस्ने गरी निर्धारण गरेको अध्यक्ष नेम्वाङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
विभिन्न राजनीतिक दल, सभासद् र समुदायले भोलि माघेसङ्क्रान्ति परेकाले भोलिका लागि तय गरेको संविधानसभाको बैठक सार्न सभाध्यक्षलाई आग्रह गर्नुभएको थियो । सो आग्रहका कारण बैठक शुक्रबारका लागि सारिएको हो ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
प्रतिक्रिया