‘राष्ट्रिय कविता महोत्सव–२०७१’ माघ २५ गते
काठमाडौँ, ३० पुस । विभिन्न कारणले स्थगित भएको ‘राष्ट्रिय कविता महोत्सव–२०७१’ आउँदो माघमा हुने भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रत्येक वर्ष असार ९ गते आयोजना गर्दै आएको सो महोत्सव माघ २५ गते हुने भएको हो ।
प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा असार ९ गते हुनुपर्ने महोत्सव विविध कारणबस स्थगित भएता पनि महोत्सवको गरिमा र निरन्तरतालाई कायम राख्न सो आयोजना गरिने उपकुलपति डा विष्णुविभु घिमिरेले जानकारी दिनुभयो ।
असारमा प्रकाशन गरिएको सूचनाको आधारमा प्राप्त २ सय ७६ वटा कविताबाट प्रथम द्धितिय र तृतीयलाई पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई २० हजार, द्धितिय हुनेलाई १५ हजार र तृतीय हुने (तीन जना) लाई १० हजारको दरले प्रदान गरिने छ ।
समसामयिक विषयलाई समेटेर रचना गरिएका २ सय ७६ वटा कविताभित्र सबै उमेर समूह, जातजाती, क्षेत्र र वर्गलाई समेटिएको उपकुलपति घिमिरेको भनाइ छ ।
महोत्सवलाई अझ उपलब्धीपूर्ण बनाउने उद्देश्यले यस वर्ष प्रतिष्ठानले कविता महोत्सवका साथसाथै कविता सम्बन्धी ‘समकालिन नेपाली कविताका स्वरहरु’ शिर्षकको कार्यत्रपमाथि छलफल समेत गरिने छ ।
राज्यबाट नेपालको सबै जातीका भाषा, साहित्य, संस्कृति, दर्शन र समाजशास्त्र जस्ता वाङ्मयसँग सम्बन्धित विषयको संरक्षण र प्रवर्धन गर्ने जिम्मेवारी पाएको प्रतिष्ठानको स्थापना २०१४ सालमा भएको हो । २०२२ सालदेखि आरम्भ भएको ‘राष्ट्रिय कविता महोत्सवले अहिलेसम्म निरन्तरता पाएको छ ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया