एमालेको स्वागत तथा सम्मान कार्यक्रम
खोलेसिमल पुस ३०
नेकपा एमाले जुटपानीको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम आज खोलेसिमलमा भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र बैकल्पीक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाललाई दोसल्ला,माला र टिका लगाई सम्मान तथा स्वागत गरिएको थियो । चितवन स्थायी घर भएका पाण्डे पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं.१ का सभासद रहनुभएको छ भने खनाल पूर्व पार्टी जिल्ला अध्यक्ष तथा एमालेको तर्फवाट संविधान सभा निर्वाचनमा क्षेत्र नंं२ का उम्मेदवार समेत रहेका थिए । एमाले जुटपानी अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य विनोद रेग्मी,अनेरास्ववियु जिल्ला अध्यक्ष केशव कँडेल,क्षेत्र नंं २ का इन्चार्ज गोपि श्रेष्ठ,गाउँ कमिटी सचिव लक्ष्मीनारायण चौलागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँ कमिटी उपाध्यक्ष दिपकसिंह परियारले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया