डा. केशव पौडेल संग बे एरियामा भेटघाट तथा अन्तरक्रिया
एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि डा. केशव पौडेलले आफ्नो अभियान जारी राख्नु भएकै बेलामा यही १७ जनवरी, २०१५ मा बे एरियामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
बे एरियाबासीहरुको संयुक्त पहलमा सोही दिन दिउँसो १२ बजेदेखि ४२३ ब्रड् वे, अर्बनकरीमा अन्तरक्रिया हुन लागेको हो । एनआरएन अमेरिकाको गत निर्वाचनमा डा. पौडेलले खगेन्द्र जिसीलाई समर्थन गर्दै आफूले वरिष्ठ उपाध्यक्षमा दिनुभएको उम्मेदवारी फिर्ता लिनु भएको थियो ।
एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि अभियान शुरु गर्नुभएका डा. पौडेलले ठूलो सफलता पाउँदै आउनुभएको छ । यसबाट उत्साहित डा. पौडेलले चाँडै नै उम्मेदवारी घोषणा गर्ने तयारी गर्नुभएको छ ।
एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि डा. पौडेलको पक्षमा अमेरिकाभरि नै लहर उर्लिरहेको छ । अमेरिकाबासी नेपालीहरु एनआरएन अमेरिकाको आगामी नेतृत्व डा. पौडेललाई सुम्पिनका लागि आतुर देखिएका छन् ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया