राष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ, ३० पुस । राष्ट्रपति डा रामवरण यादवसँग संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरुबीच नेपालको समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रसङ्घीय शान्ति सेनामा रहेर नेपाली सेनाले निर्वाह गरेको भूमिकाबारे छलफल भएको थियो ।
राष्ट्रपतिसमक्ष उपमहासचिव फेल्टम्यानले महासचिव बान की मुनले निर्धारित समयमै संविधान जारी भएर नेपालको शान्ति प्रक्रिया टुङ्गियोस् भन्ने कामना गर्नुभएको सन्देश सुनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै उहाँले नेपालप्रतिको सहयोग र समर्थन राष्ट्रसङ्घद्वारा भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता महासचिव बानकातर्फबाट जनाउनुभएको थियो ।
भेटका अवसरमा राष्ट्रपतिका कानुनी सल्लाहकार डा सूर्य ढुङ्गेल, सोही कार्यालयका सचिव अनुपकुमार उपाध्याय, नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकका साथै राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीहरुको उपस्थिति रहेको थियो ।
बाइडेनको सपथ ग्रहणमा अमेरिकी प्रख्यात गायिकाहरु लेडी गागा र जेनिफर लोपेजको प्रस्तुति हुने
भर्जिनिया फेयरफ्याक्स काउन्टीमा ६५ बर्ष भन्दा माथी तथा अन्यलाई जनवरी १८ देखि खोप दिइने
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
अमेरिकामा बाइडेनको उद्घाटन सम्म कोरोनाबाट कूल ४ लाखको मृत्यु हुने ,एकैदिनमा ३७०० सयको मृत्यु
प्रतिक्रिया