समयमै परीक्षाफल प्रकाशन नहुँदा विद्यार्थी तथा अभिभावकमा निराशा
काठमाडौँ, ३० पुस । समयमा नै परीक्षाफल प्रकाशन नहुने क्रम बर्सेनि बढ्दै जाँदा विद्यार्थी तथा अभिभावकमा निराशा बढ्न थालेको छ ।
देशकै पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीको ढिलासुस्ती हुने क्रमले विगत लामो समयदेखि चिन्तित बनेका विद्यार्थी तथा अभिभावकमा पछिल्लो समयमा उच्च माध्यमिक शिक्षा परिषद्को परीक्षाफल प्रकाशनमा पनि चरम ढिलाई हुन थालेपछि थप निराशा बढेको छ ।
परीक्षा प्रणालीलगायतका विभिन्न कारणबाट उच्च शिक्षाका लागि युवा विदेशिएको विद्यमान वास्तविकतामा अध्ययनका लागि जान खोज्ने युवाका लागि पनि ढिलो परीक्षाफल प्रकाशन गम्भीर चुनौतीका रुपमा देखिएको छ ।
समयमै परीक्षा नहुनेलगायतका कारणबाट एउटै शैक्षिक वर्षमा नयाँ र पुरानो गरी उही वर्षका दुई थरी विद्यार्थी पढ्ने गरेको शर्मनाक अवस्था तथा परीक्षाफल प्रकाशनको ढिलाइले समग्र शिक्षा प्रणालीमा नै प्रश्नचिह्न खडा गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको आठ महिनादेखि एक वर्षसम्म पनि परीक्षाफल प्रकाशन नगर्ने क्रमको निरन्तरताका कारण दुई वर्षे कार्यक्रम पूरा गर्न तीन÷चार वर्षसम्म लाग्ने गरेको अभिभावकको गुनासो छ ।
त्रिभुवन विश्वविद्यालयले यसै वर्षको जेठ÷असार महिनामा सम्पन्न गरेको स्नातक तहको परीक्षाफल अझै प्रकाशन गरिनसकेका कारण स्नातकोत्तर तहको भर्नाका लागि पर्खेर बसेका विद्यार्थी यतिखेर थप अन्यौलमा परेका छन् ।
गत जेठ÷असारमा सम्पन्न स्नातक तह दोस्रो वर्षको आंशिक पत्र दिएर बसेका विद्यार्थी पनि यतिखेर यसै वर्ष स्नातकोत्तर भर्ना हुन पाउने नपाउने भन्ने कुराले चिन्तत बनेको बिएड दोस्रो वर्षको आंशिक पत्र मात्र बाँकी रहेका विद्यार्थी सुमन्त सुवेदीले बताउनुभयो ।
विश्वविद्यालय परीक्षाजस्तो संवेदनशील विषयमा गम्भीर नबनेको बताउँदै उहाँले आफूजस्ता धेरै विद्यार्थीहरू परीक्षाफल प्रकाशनको ढिलाइले अन्यौलमा परेको बताउनुभयो ।
उच्च माध्यमिक शिक्षा परिषद्ले गत जेठमा लिएको कक्षा ११ को परीक्षाफल हालसम्म पनि प्रकाशन नगर्दा परीक्षाफलको पर्खाइमा रहेका विद्यार्थी पनि थप अन्यौलमा परेका छन् ।
परीक्षा दिएको आठ÷आठ महिनासम्म पनि परीक्षाफल प्रकाशन नहुनु परिषद्को गम्भीर लापरवाही भएको अभिभावक श्यामकृष्ण केसी बताउनुहुन्छ ।
आफ्ना बालबच्चाका लागि प्रत्येक अभिभावकले उच्च शिक्षाका लागि धेरै लगानी गर्ने गरेपनि परीक्षाफल प्रकाशन जस्तो सम्वेदनशील विषयमा भइरहेको लापरवाहीले आफूजस्ता धेरै अभिभावकलाई चिन्तित बनाएको उहाँको भनाइ छ ।
कक्षा ११ को परीक्षाफल प्रकाशन ढिलाइले कक्षा १२ पूरा गरी आंशिक विषयको मात्र परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई स्नातक तहमा भर्ना हुन पाउने नपाउने कुराले थप चिन्तित बनाएको छ ।
विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना लिई कक्षा सञ्चालन गरेको लगभग एक महिना भन्दा बढी हुन थाले पनि परीक्षाफलको ढिलाइले यस वर्ष आफूहरू स्नातक तहमा भर्ना हुन पाउने हो वा नपाउने हो भन्ने कुराले चिन्तत बनेको अर्का विद्यार्थी विपिन पोख्रेलले बताउनुभयो ।
परिषद्ले जेठको अन्तिम साताबाट असारको दोस्रो सातासम्म कक्षा ११ को परीक्षा सञ्चालन गरेको भए पनि परीक्षालगत्तै असारको १६ गतेबाट परीक्षा नियन्त्रण कार्यालयमा भएको लगभग डेढ महिना लामो तालाबन्दीका कारण परीक्षाफल प्रकाशनमा केही ढिलाइ भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी गराउनुभयो ।
तालाबन्दी खोलिएपछि परीक्षाफल प्रकाशनका लागि कार्यालयले आफ्नो काम तीव्ररुपमा अघि बढाएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “परीक्षाफल प्रकाशनको अन्तिम तयारी भइरहेको छ, केही दिनभित्रै प्रकाशन गर्दैछौं ।”
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया